कालिकोट । जिल्लाकोमा स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा इपिक नेपाल, एफ.एच.आई ३६०को आर्थिक सहयोगमा जिल्ला खोप समन्वय समितिको बैठेक सम्पन्न भएको छ । जिल्लाका खोपको पहुँचमा पछाडी रहेका तिन स्थानिय तहहरु रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका, आउदो फागुन २८ र २९ गते कोभिड १९ विरुद्धको खोप अभियान पुनः सञ्चालन हुने भएकाले यसलाई मध्यनजर गर्दै जिल्ला खोप समन्वय समिति बैठेक आयोजना गरीएको बताईएको छ ।
कार्यक्रम जिल्ला खोप समन्वय समिति संयोजन तथा जिल्ला समन्वय समिति प्रमुख धनजीत बहादुर शाही आदर्शको सभाअध्यक्षता, उप प्रमुख मिना रावत वि.क, सदस्यहरु इपिक नेपालका कर्मचारी उद्योग वाणीज्य संघका प्रतिनिधि, पत्रकार महासंघ कालिकोटका अध्यक्ष, स्वास्थ्य सेवा कार्यालय कालिकोटका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।
उक्त बैठेकमा जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बैठेकको उद्देश्य, कोभिड १९ विरुद्धको खोप कार्यक्रमको उद्देश्य, नेपालमा कोभिड १९ रोगको सुरुवात अवस्था, खोप अभियानमा आउन सक्ने चुनौतीका विषयमा प्रशिक्षण दिनु भएको थियो भने इपिक नेपाल,एफ.एच.आईका प्रतिनिधि प्रदिप श्रेष्ठले कोभिड १९ रोगवाट वच्न नागरीकले अपनाउनु पर्ने प्रभावकारी उपाय र खोप अभियान पुनःसञ्चालन गर्नुको कारण तथा लगाउन लागीएको फाईजर खोपको वारेमा जानकारी दिनु भएको थियो ।
अन्तमा बैठेकको समापन गर्नु हुदै समन्वय समिति संयोजन शाहीले खोप अभियानलाई व्यापक प्रचार प्रसार गरेर सफल पार्न सवैलाई सहयोगको अपील गर्नु भएको छ