जिल्ला समन्वय समिति कालीकोटको पाँचौं जिल्ला सभा उद्धाटन ।।

कालीकोट । जिल्ला समन्वय समिति कालीकोटको पाँचौं जिल्ला सभा उद्धाटन भएकोको छ । जिल्ला समन्वय समितिका प्रमुख धनजीत बहादुर शाही आदर्श को सभाअध्यक्षता तथा कर्णाली प्रदेसका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भयको हो ।

उक्त कार्यक्रममा प्रदेस सभा सदस्य माननीय हिक्मत बहादुर बिष्ट, संविधान सभा सदस्य माननिय तुलाराज बिष्ट, पुर्व मन्त्री कुर्मराज शाही, सम्पुर्ण राजनितिक दलका प्रमुख तथा प्रतिनिधि ,उपप्रमुख तथा सदस्यहरू, जिल्ला स्थित नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, जिल्ला स्थित सम्पुर्ण सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु ,पत्रकार, व्यवसायीहरु लगाएतको सहभागी रहको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रथम मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य शाहीले राष्ट्रिय राजनितिमा आउने फेर वदलले जिल्लामा हुने विकाश निर्माणका काममा कुनै फरक नपर्ने बताउनु भयो । कालीकोट वनाउने दायीत्व सवै नेताहरुको हो , उहाँले भन्नु भयो जिल्लामा चरमरुपमा भ्रष्टचार बढीरहेको यसलाई कम गर्नको लागि जिल्लाका सबै राजनिति दलहरु लाग्नु पर्ने बताउनु भयो । फरक बिषयवस्तुमा प्रतिनिधि सभा सदस्य शाहीले केहि समय अगाडी कालिकोटका नागरिकले प्लेन चढ्न सक्दैनन् भन्ने प्रसंगलाई धेरैले उल्टो अर्थ लगाएको भन्दै कालिकोटको बास्ताविकता नबुझेकाहरुले यसलाई बङ्ग्याएर जनतामा भ्रम छरेको बताउनु भयो ।

मैले कालिकोटका जनताको आर्थिक स्तर हेरेर भनेको हुँ तर त्यसलाई केहि हुनेखाने बर्गका मानिसले उल्टो अर्थमा बुझे, ‘उहाँले थप्नु भयोे,’ ‘के साच्चै अहिलेको यो अबस्थामा हाम्रो आयश्रोतले कालिकोटका नागरिकले बायुसेवा निगमले तोके अनुसारको प्लेन भाडा तिरेर प्लेन चढ्न सक्छन् ।’उहाँले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले भष्ट्रचारी र अपराधिहरुलाई कानुनी दायरामा ल्याउन खोज्दा असहयोग भएका कारण काँग्रेस संगको सहकार्य टुटेको बताउनु भयो । अन्तमा जिल्ला समन्वय समितिको काम विभिन्न योजनाहरुको गहीरो अनुगमन गर्ने भएतापनी यो प्रभावकारी रुपमा हुन नसकेको बताउनु भयो ।

error: Content is protected !!