गाउँपालिका केन्द्र जोड्ने पर्जै धाँचु सडकखण्डको सिलान्यास ।

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष गोबिन्द्र प्रसाद आचार्य (अनिल), द्धारा गाउँपालिकाको वडा नं ३ र ४ जोड्ने पर्जै धाँचु सडक खण्डको सिलान्यास गर्नु भएको छ । सोमवार एक कार्यक्रमका विच अध्यक्ष आचार्यले सडकको सिलान्यास गर्नु भएको हो । सिलान्यास कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष मन बहादुर शाही (राजेश) वडा नं ३ का वडा अध्यक्ष प्रकाश शाही, सरकारवाला, स्थानिय बासी लगाएतको उपस्थिति रहेको थियो । यो सडक निर्माण भए संगै गाउँपालिका सवै वडाहरु सडको सहज पहुँचमा पुग्ने भएका छन । सडक निर्माण भईसकेपछी वडा नं १, २ र ३ का नागरीकहरुलाई गाउँपालिका केन्द्र आवत जावतमा सहज हुने हुदा सडकको शिलान्यास भएसँगै स्थानीयहरु खुशी भएको बताउँछन् । उक्त सडक निर्माणको लागी १ करोड ५२ लाख कुल वजेट रहेको र टेन्डर आहृान गर्दा ठेक्का घटेर ६६ लाख २० हजारमा निर्माण हुन लागेको ई.नरेन्द्र चौलागाईले बताउनु भयो । सडक निर्माणको लागी संघिय सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत वजेट रहेको छ । उक्त सडक निर्माणको जिम्मा कृष्ण निमार्ण सेवाले पाएको बताईएको छ । सडको सिलान्यास गर्दै गाउँपालिका अध्यक्ष आचार्यले छिटो, छरीतो र गुणस्तरिय तरीकाले निमार्णको काम सम्पन्न गर्न निर्माण कम्पनि लाई आग्रह गर्नु भएको छ । निर्माण जिम्मा पाएको कृष्ण निमार्ण सेवाले अवको एक महिना भित्रै काम सक्ने बताएको छ ।

error: Content is protected !!