विन्दवासिनी सहकारी ठगी प्रकरणमा ३ जना पक्राउ

कालिकोट । पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल रहेका छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले हिजो साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएलगत्तै उनीहरु पक्राउ परेका हुन् । सहकारीको करिब ७ करोड रुपैयाँ ठगी गरेको आरोप उनिहरु माथी लागेको छ ।