स्यानिटरी प्याडमा अनियमीतता, धनुषामा तत्कालीन मेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कालिकोट । देशका धेरै जसो स्थानिय तहमा खरीद हुने स्यानिटरी प्याडमा धेरै भ्रष्टाचार र अनियमीतता हुने गरेको छ । आईतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिकाका पूर्वमेयर उदयकुमार यादवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७७-७८ सालमा नगरपालिकाको सशर्त अनुदानको बजेटबाट स्यानिटरी प्याड खरिद गर्दा गुणस्तरहीन पाइएको भन्दै तत्कालीन मेयर यादवमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दागर गरेको बताइएको छ । अख्तियारले स्यानिटरी प्याड खरिदमा १३ लाख ९३ हजार ६८७ रुपैयाँ राज्यकोषमा हानी भएको भन्दै त्यति नै बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

error: Content is protected !!