कालिकोट । विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई उच्च निगरानीमा राखेको छ । निजामती कर्मचारीहरुको अभिभावकको भूमिकामा रहेको व्यक्तिलाई भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश जाने भन्दै आज सम्ममा आफ्नो भूमिकावारे सोच्न अख्तियारले मुख्यसचिव अर्याललाई सुझाव दिएको उच्च स्रोतले बताएको छ । मुख्यसचिव अर्यालमाथि नियमित निगरानी गरिरहेको अख्तियारले उनी माथिको अरु उजुरीमा पक्राउ गर्नुपर्ने अवस्था आउनसक्ने सम्मको सन्देश दिएको छ । उच्च स्रोतका अनुसार, गतसाता मात्रै मुख्यसचिव अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिएका थिए । त्यतिबेला नै ‘एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिएको मुख्यसचिव पदमा रहदा गलत सन्देश जाने’ भन्दै अख्तियारका पदाधिकारीहरुले उनलाई निकास दिन सुझाव दिएका थिए ।