विद्यालयबाट घर फर्किने क्रममा चितवनमा १३ वर्षीय बालक बेपत्ता

कालिकोट । चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका बताइएको छ । विद्यालयले सञ्चालन गरेको ट्युसन पढ्न भनेर शनिवार भरतपुर ६ गीतानगरस्थित ठूलो बुवाको घरबाट म्याजिक भ्यान चढेर उनी विद्यालय गएका थिए । शनिबारदेखि उनी बेपत्ता भएको र खोजी कार्य भैरहेता पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन।

error: Content is protected !!