शालीन मृत्यु प्रकरणको यथार्थ छानबिन हुन्छ, प्रधानमन्त्री प्रचण्ड

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्यु भएको घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन् । ‘घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु प्रधानमन्त्रीले भनेका छन । घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ।’ प्रधानमन्त्री प्रचण्डले पोखरेलको मृत्युले आफूलाई गम्भीर र दुःखी तुल्याएको समेत बताएका छन् ।

error: Content is protected !!