कालिकोट । गत फागुन १३ गतेबाट दुई चरणमा जिल्लाका नौ वटै स्थानिय तहमा संचालन गरीएको दादुरा–रुवेलाविरुद्धको खोप अभियान आज वाट सम्पन्न भएको छ । खोप अभियानको अन्तीम दिन आज सम्मको तथ्याङ्क अनुसार तिलागुफा नगरपालिकामा १ हजार ८ सय ९० जनाले खोप लगाएका छन जसमा महिला ६९० र पुरुष ७५१ जना रहेका छन, क्रमस महाबै गाउँपालिकामा १ हजार ९२ जना जसमा ५०२ जना महिला र ५९० जना पुरुष, पलाता गाउँपालिका २ हजार ३ सय ८३ जना जसमा ११२८ महिला र १२५५ जना पुरुष, नरहरीनाथ गाउँपालिकामा २ हजार ८ सय २७ जना जसमा १३७२ महिला र १४५५ जना पुरुष, खाँडाचक्र नगरपालिका २ हजार ४ सय ४० जना जसमा ११२८ महिला र १२८५ जना पुरुष, राष्कोट नगरपालिका २ हजार २ सय ६२ जना जसमा १११५ महिला र ११४७ जना पुरुष, शुभकालिका गाउँपालिका १ हजार ५ सय ४३ जना जसमा ७२३ महिला र ८२० जना पुरुष, शान्नीत्रिवेणी गाउँपालिका १ हजार ७ सय ४४ जना, पचालझरना गाउँपालिका १ हजार ६ सय ५४ जना जसमा ८४८ महिला र ८०६ जना पुरुष, रहेका छन । नौ वटै स्थानिय तहमा गरी ५ हजार ६ सय ६८ जना महिला र ६ हजार १ सय ४२ जना पुरुष गरी जम्मा १७ हजार ८ सय ३५ जनाले खोप लगाएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनु भएको छ । जिल्लामा ९ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । सरकारले गएको फागुन १३ गते देखि देशका ७५ वटा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरू गरेको थियो । उक्त खोप अभियान आगामी चैत्र ७ गते सम्म चल्ने बताइएको छ ।