कालिकोट । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म निरन्तर चल्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रुपन्देहीले सनिवार भैरहवामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन पुगेका उनले । “जनताबाट अनुमोदित गठबन्धन भएकाले उचित सहमतिका आधारमा प्रधानमन्त्री, मन्त्रीहरुको हेरफेर हुनसक्ने, तर गठबन्धन पाँच वर्षका लागिनै चल्ने मन्त्री साउदले बताएका छन । अर्को प्रसङ्गमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भारतबाट हुनसक्ने सहयोगका लागि विभिन्न भ्रमणका बेला गम्भीररुपमा कुरा राखेको बताए । उनले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिए ।