कालिकोट । हाज नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा रहेको छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । त्यसैले नेपाल फाइनल खेल्ने पक्का भएको हो । नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तेस्रो खेलमा नामिवियालाई ३ रनले हराएको थियो ।