प्रधानमन्त्री प्रचण्ड र नेता झलनाथ खनालबिच बालुवाटारमा भेट बार्ता

कालिकोट । सत्ता गठबन्धनका विषयमा बिभिन्न वहस चलीरहेका वेलामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेट गरेका छन् । बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी जनाएको छ । अहीले राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि गठबन्धन फुट्न लागेको चर्चा परीचर्चा भइरहेका छन् । यो विषयमा पनि खनालले प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेको बताइएको छ ।

error: Content is protected !!