कालिकोट । सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ । यसअघि भएको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताएका छन । मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले चौथो चरणको वार्ता सकारात्मक रहेको बताए । सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै देशका विभिन्न ठाँउवाट २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित भएर आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन् ।