त्रिकोणात्मक टि–२० आई सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स विच खेल हुदै ।

त्रिकोणात्मक टि–२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ११ बाट सुरू हुनेछ । पहीलेका तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब सृजना भएको छ। नेपाल नामिबियासँगको पहिलो खेलमा २० रनले पराजित भएको थियो। नेदरल्याण्ड्ससँगको पहिलो खेलमा २ रनले पराजित भएको थियो। हिजो नामिबियासँग भएको दोस्रो खेलमा भने नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको थियो। आज नेदरल्याण्ड्सविरूद्ध जित निकाल्न सके नपाल सिरिजको फाइनल पुग्ने सम्भावना कायम रहन्छ। सिरिजमा दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुवै खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ। नेपाल र नामिबियाको समान २÷२ अंक छ। नेट रन रेटका आधारमा नेपाल दोस्रो र नामिबिया पुछारमा रहेको छ ।

error: Content is protected !!