सरकारलेयूएईमा घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध हटाउने

कालिकोट । संयुक्त अरब ईमिरेट्स (यूएई) मा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गरिने बताएको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्ध फुकुवा गरेर घरेलु कामदार पठाउने तयारी थालेको हो । सो कार्यका लागी दुवै देशका अधिकारी बिचको छलफल अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताएका छन । यूएईसँग सन् २०१९ मा घरेलु कामदार पठाउने सम्बन्धी सहमति भएता पनि नेपालले हालसम्म पठाउन सकेको थिएन । यूएईले घरेलु कामदार पठाउन नेपाललाई बारम्बार ताकेता गर्दै आएको थियो । नेपालमा २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लागेको थियो ।

error: Content is protected !!