कालिकोट । एक कानाइट क्लबमा काम गर्ने युवतीमाथि दुई जनाले सामुहीक बलात्कार गरेको आरोप लागेको छ । बलात्कारका आरोपी सोही क्लबककै स्टाफ बोक्ने ट्याक्सी चालक र अर्का एक उनकै चिन जानका व्यक्ति रहेको खुलेको छ। प्रहरीले बलात्कारको आरोपमा ट्याक्सी चालक पदम तामाङलाई पक्राउ गरेको छ भने अर्का एकजना फरार रहेका बताइएको छ । पीडित युवतीले आफूलाई होटलमा लगेर बलात्कार गरिएको भनेर प्रहरीमा जाहेरी दिएकी छिन ्। दरबारमार्गस्थित एक क्लबमा काम गर्ने ती युवतीलाई गएको माघ २० गते काठमाडौँको गोठाटारस्थित एक होटलमा पु¥याएर बलात्कार गरेको बताइएको छ। त्यसदिन ड्यूटी सकेर क्लबका ४ जना युवतीलाई घर छाड्न ट्याक्सी पठाइएको थियो। चालक तामाङले सबैलाई कोठामा छाडिदिएपछि नशामा लठ्ठिएकी एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोप छ।