कालिकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार आउदा दिनमा पनि निरन्तरता रहने बताएका छन् । आज चितवनमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति देउवाले गठबन्धन सरकार कायमै रहने तथा आगामी पर्यटन विकास यही सरकारले गर्ने पनि बताए । ‘यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकासमा यही सरकारले काम गर्ने बताए ।’