कालिकोट । ‘घुमौँ भरतपुर’ भन्ने मुल नाराका साथ भरतपुर भ्रमण वर्ष–२०२४ को आज भव्यरुपमा उद्घाटन भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा सञ्चालन भएको भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन । चितवनको नारायणी नदीकिनारमा हजारौं दर्शकहरको उपस्थितिमा उद्घाटन गरीएको समारोहमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल,रा.स्व.पा.का सभापति रवि लामीछाने लगाएत विभिन्न प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको आगमन भएको बताइएको छ । भ्रमण वर्षको औपचारिकरुपमा उद्घाटन पुर्व महानगरपालिकाका थुप्रै ठाँउवाट विविध झाँकीसहितको ¥याली निकालिएको थियो । उक्त उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रम प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोसेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गरेका छन् । “भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तीको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैँडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यको प्रवद्र्धन गर्नेछ”, प्रधानमन्त्री प्रचण्डले भने, “यो चितवनको पर्यटनमा गुणात्मक फड्को हुनेछ ।” पछिल्लो सात वर्षमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए ।