सम्पत्ति शुद्धीकरण र व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी विधेयक पारित ।

कालिकोट । आज संघीय संसदबाट दुई वटा विधेयक पारित भएको छ । प्रतिनिधि सभाबाट पास भएर गएको सम्पत्ति शुद्धीकरण मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो । गएको २०७९ माघ २७ गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक २४ माघ २०८० मा पास भएर राष्ट्रिय सभामा पेस भएको थियो । राष्ट्रिय सभाले स्वीकार गरेसँगै यो विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको हो बताइएको छ । राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधि सभाबाट स्वीकार भएको खण्डमा सभामुखबाट प्रमाणित भएर प्रमणीकरणका लागि राष्ट्रपति कहाँ जाने गर्दछ र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुनेछ । आज प्रतिनिधि सभाले पनि राष्ट्रिय सभाबाट पास भएर गएको अनुगमन तथा मूल्यांकन विधेयक पारित भएको छ ।

error: Content is protected !!