बिहान ११ प्रतिनिधिसभा बैठक बस्दै

कालिकोट । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक शुक्रवार पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि तय भएको संसद् सचिवालय जनाएको छ । बैठककम सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । साथै आजकै बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्ने कार्यसुची पनि रहेको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने पनि बताइएको छ । आजकै बैठकमा अर्थ मन्त्री डा प्रकाश शरण महतले ’भन्सार विधेयक, २०८० माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ’राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

error: Content is protected !!