कालिकोट । गएको फागुन १४ गते संसद भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरुलाई रिहा गरीएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरु संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका कारण पक्राउ परेका थिए ।