साढे तीन करोड लगानीमा इटहरीमा विद्युतीय शवदाह गृह बन्ने

कालिकोट । इटहरीमा विद्युतीय शवदाह गृह निर्माण हुने भएको छ । बुढी खोला किनार बुढीजमुना मुक्तिघाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने बताइएको छ । उक्त शवदाह गृह निर्माणका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारले संयूक्त लगानी गर्ने भएको छ । तीन करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको शवदाह गृहको निर्माण चालू आर्थिक वर्षभित्रै निर्माण सक्ने तयारी रहेको छ । गरिब र विपन्न नागरीकलाई दाउरा खरिद गर्न महङ्गो पर्ने र अन्त्येष्टिका लागि समय पनि धेरै लाग्ने भएकाले इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

error: Content is protected !!