सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गरेको आरोपमा एक जना पक्राउ

कालिकोट । ढलको फोहोर सफाइमा प्रयोग हुने सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बुधवार विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ जम्मुडाँडास्थित सडक किनारबाट सर्लाही जिल्ला स्थाई ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको बताइएको छ । ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार लागु औषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा फागुन १६ गते राति सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको थियो । अहीले आरापित मोक्तानसहित उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्याङ्कर समेत बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उपरीक्षक कार्कीले जानकारी दिएका छन ।

error: Content is protected !!