गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

कालिकोट । चितवन जिल्लाको भरतपुरमा निर्माण अलपत्र भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको वाकी पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिएका छन । महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको बताए । सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरेको थियो । ३० महिना ठेक्काको म्याद तोकिए पनि सोभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी महानगरले सहजीकरण गर्ने वरिष्ठ इन्जिनियर आचार्यले बताए । महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने बताएकी छन ।

error: Content is protected !!