कालिकोट । नेपाल–भारतबिच आजबाट अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । अवदेखी नेपालमा आउने भारतीय नागरिकले क्युआर मार्फत भुक्तानी गर्न सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन । भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । यसका लागि भारतीय नागरिकले भारतका बैंकमा खाता भने अनिवार्य हुनुपर्नेछ । तर यो सेवा सीमित रूपमा मात्रे चल्ने बताइएको छ । ‘भारतले केही बैंकको क्युआर मार्फत फोन पे गर्न मिल्नेगरी सेवा सुरु भएको छ,’ ् यसअघि, यही वर्ष २०८० को जेठ मध्य साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो ।