संघीय निजामती विधेयक संसदको चालु अधिवेशनमै पेश गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी ।

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा र सार्वजनिक खरिद ऐन संशोधन सम्बन्धी विधेयक संसदको चालु अधिवेशनमा प्रस्तुत गर्ने दाबी गरेका छन् । आज बसेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले साझा अधिकार सूची सम्बन्धी कानून तर्जुमा उच्च प्राथमिकतामा रहेको बताउँदै संघीयता कार्यान्वयसँग सम्बन्धित अन्य कानुनहरुको तर्जुमा गर्ने कार्य ठोस कार्ययोजनाका साथ अगाडि बढेको बताएका छन् । ‘सङ्घीयताको कार्यान्वयनका सम्बन्धमा भएका विभिन्न निर्णयहरू कार्यान्वयन भैरहेका पनि उनले बताय । संघीयता कार्यान्वयनलाई सहजीकरण गर्न अधिकार सूचीको विस्तृतीकरण प्रतिवेदनलाई पुनरावलोकन गर्न विषयगत समिति गठन भएर परिमार्जनको कार्य अन्तिम चरणमा पुगेको उनको भनाई थियो ।’

error: Content is protected !!