भरतपुर भ्रमण वर्षको तयारी अन्तिम चरणमा,आउँदो शुक्रबार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

कालिकोट । भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । आउँदो शुक्रबार नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले हिजो पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा हुने भएको छ । करीव ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातीय समुदाय, विभिन्न सामाजिक सङ्घ–संस्था, नागरिक समाज, विभिन्न जातजाति सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ आयोजना हुन लागेको भ्रमण वर्षको तयारीका सन्दर्भमा विभिन्न राजनीतिक दल, निजी क्षेत्रलगायत सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिसकेको महानगरले जनाएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को मुख्य प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको छ । महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने, पर्यटकको सङ्ख्या र बसाइँ अवधि बढाउने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गर्न लागेको मेयर दाहालले बताउनुभयो । भ्रमण वर्षमा आउने पाहुनाहरूलाई सेवा प्रदान गर्न महानगरपालिकाभित्रका होटलहरूमा सात हजार पाँच सय बेड र सौराहादेखि गैँडाकोटसम्म १५ हजार बेड तयारी अवस्थामा राखिएको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिनुभयो ।

error: Content is protected !!