कालीकोट । जिल्लाको रास्कोट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दादुरा रुबेला खोप अभियानका लागि नगरपालिकाका जनप्रतिनिधी,कार्यपालिका सदस्य, स्वास्थ्यकर्मीहरु र शिक्षकहरुको लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही ९ पोषण०ले कार्यक्रममा बोल्दै दादुरा–रुबेला खोप अभियानलाई समुदायमा प्रभावकारी रुपमा सञ्चालन गर्न सबैको भुमिका हुनुपर्ने बताउनु भएको छ । सानै उमेरका बालबालिकाहरुले जाड रक्सी चुरोट खानेहुदा त्यस्ता बालबालीकालाई यसले पार्ने असरको जानकारी दिनु पर्ने बताउनु भएको थियो । खोप अभियानको सूचना सहर बजार देखि गाउँ टोल सम्म पुराउँदै यसको महत्वको बारेमा आम जनसमुदायलाई जानकारी गराउँदै बालबालिकालाई खोप अभियानबाट बञ्चित हुनबाट जोगाउनु पर्ने कुरामा जोड दिनुभयो । नेपाल सरकारको देशभरि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १७ गते देखि १९ गते सम्म सञ्चालन हुने खोप अभियान सफल पार्न अभिमुखीकरण कार्यक्रम गरिएको रास्कोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनक राज न्यौपानेले जानकारी दिनु भएको छ । नेपाल सरकारको देशैभरि सञ्चालन गरेको दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन महिना १७ गते देखि १९गतेसम्म रास्कोट नगरपालिका मा सञ्चालन हुने खोप अभियान मा सवै बालवालीहरुलाई सहभागी गराउन उहाँले अनुरोध समेत गर्नुभएको छ । दादुरा रुबेलाको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेला विरुद्धको खोप अभियान पालिका भित्र फागुन १७ गतेदेखि २० गते सम्म सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रम को सि।अनमी बिमला संज्यालले सहजीकरण गर्नु भएको पत्रकार टिकाराज उपाध्यायले बताउनु भयो । उक्त दादुरा रुबेला खोप अभियानमा नगरपालिकामा १८ सय ९९ जना बालवालिका लाई खोप लगाईने तयारी भईरहेको पत्रकार उपाध्यायले जानकारी दिनु भएको छ ।