निमार्ण थालीएको ३८ वर्ष पछी उद्घाटन भयोे सुनथराली विमानस्थल

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं १, कोटबाडास्थित सुनथराली विमानस्थल ३८ बर्ष पछी उद्घाटन भएको छ । आइतबार ( हिजो) दोस्रो पटक परीक्षण उडान भएसँगै आज औपचारिक रूपमा उद्घाटन भएको हो ।

उद्घाटनका लागि नेपाल सकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही, कालिकोटबाट प्रदेश प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सम्पुर्ण सांसदहरू सहभागी हुनु भएको थियो ।

सुर्खेत विमानस्थलबाट नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका दुईवटा जहाजबाट उहाँहरू विमानस्थलमा आईपुग्नु भएको हो । उद्घाटन कार्यक्रममा उपस्थित हुनु भएका अतिथिलाई स्थानीयले पञ्चेवाजा बजाएर तामझामका साथ भव्य रुपमा स्वागत गरेका थिए । निर्माण सुरु भएको लामो समय पछी जहाज आएपछि त्यहाँका हजारौँ नागरिकहरू अत्यन्तै खुसी भएका थिय भने जहाज हेर्न ठुलो भिड लागेको थियो ।

उक्त विमानस्थल निर्माणको काम २०४२ सालबाट सुरु भएको थियो भने विमानस्थल निर्माणकै क्रममा २०५८ सालमा ३६ जना मजदुरहरुको ज्यान समेत गएको थियो । सोे विमानस्थलको २०७३ साल माघमा पहिलो पटक जहाज परीक्षण गरिएको थियो । २०७८–७९ मा कालोपत्रे भएसँगै ३८ वर्षपछि आज उद्घाटन भएको हो । विमानस्थलको उद्घाटन सत्रमा बोल्दै उपप्रधान तथा रक्षा मन्त्री खड्काले कर्णाली प्रदेशलाई यहाँका स्रोत साधनहरुलाई उपयोग गर्दै राजनितिक दलहरुको एकताको ताकतमा १० वर्षमा सवै भन्दा सम्पन्न प्रदेशको रुपमा घोषणा गर्ने वताउनु भयो ।

यस्तै पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीले कर्णालीका जनताको लागी सेवा दिन राष्ट्रिय दायित्व सम्झेर जहाज खरीद प्रकृया अगाडी बढाएको बताउनु भयो । साथै उहाँले कालिकोटका जनतालाई सेवा दिन वायुसेवा निगमको तर्फवाट सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नियमित उडान गर्न निर्देशन समेत गरी सक्नु भएको बताउनु भयो ।

error: Content is protected !!