कालिकोट । जिल्लाकाका पाँच वटा स्थानिय तहहरुमा सुरु भएको दादुरा–रुवेलाविरुद्धको पहिलो चरणको खोप अभियानको पहिलो दिन आज तिलागुफा नगरपालिकामा ६ सय २२ जनाले खोप लगाएका छन । जसमा महिला ३१७ र पुरुष ३०५ जना रहेका छन, क्रमस महाबै गाउँपालिकामा ६ सय १२ जना जसमा २९९ जना महिला र ३१३ जना पुरुष, पलाता गाउँपालिका ७ सय ६७ जना जसमा ३६२ महिला र ४०५ जना पुरुष, नरहरीनाथ गाउँपालिकामा ७ सय ७७ जना जसमा ३५८ महिला र ४१९ जना पुरुष, खाँडाचक्र नगरपालिका १ हजार २ सय १० जना जसमा ५५८ महिला र ६५२ जना पुरुष, गरी जम्मा ३ हजार ९ सय ८८ जनाले खोप लगाएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ । जिल्लाका १७ हजार बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाइँदै छ । ९ महिना देखि ५ वर्षसम्मका १७ हजार ४ सय ३८ बालबालिकालाई खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।