आर्थिक वर्ष २०८१-०८२ को प्रि–बजेट प्रस्ताव सोमबार, फागुन २१ बाट छलफल सुरु

कालीकोट । आजको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ को प्रि–बजेट प्रस्ताव पेश हुने भएको छ । आज बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले फागुन महिनाको संसदको क्यालेन्डर तय गर्दै सोमबारको बैठकमा अर्थमन्त्रीले प्रि–बजेट प्रस्ताव पेस गर्ने सहमति भएको हो । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको परामर्श समितिको बैठकले फागुन १४, १८, २१,२२, २३ र ३० गतेसम्म बैठक बस्ने क्यालेण्डरलाई अन्तिम रुप दिएको हो । सभामुख घिमिरेको सचिवालयका अनुसार सोमबार प्रि–बजेट प्रस्ताव पेश गर्ने र फागुन २१,२२ र ३० गतेको बैठकमा दलीय आधारमा छलफल हुनेछ । आगामी फागुन १८ गतेको बैठकमा केही विधेयकहरूलाई अघि बढाउने कार्यसूची बनाउन पनि दलहरुबिच सहमति भएको सभामुखको सचिवालयले जनाएको छ । यद्यपि प्रतिनिधिसभा बैठकको कार्यसूचीलाई भोली अन्तिम रुप दिने संसद सचिवालयले जनाएको छ ।

error: Content is protected !!