माओवादी केन्द्रको स्थायी समिति बैठक, नेताहरूलाई अध्यक्ष प्रचण्डद्धारा अभिमुखीकरण ।

कालीकोट । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकिएको छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानबारे ओरेन्टेसन (अभिमुखीकरण) दिनु भएको हो । प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने माओवादी तयारी रहेको बताइएको छ । आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा पनि गरेको छ । ‘प्रदेश इन्चार्ज लगायतका नेताहरूको कार्यविभाजन र चैत १ बाट हुने अभियानलाई प्रभावकारी बनाउनेबारे अध्यक्षले ओरेन्टेसन दिनुभएको छ ।

error: Content is protected !!