कालीकोट । मिटरब्याज पीडितसँग वार्तासँग गृह मन्त्रालयले वार्ता टोली बनाएको छ । मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन भएको बताइएको छ । मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो । लगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो । पत्रमा सह–सचिव पण्डितको नेतृत्वमा समिति बनाइएको समेत उल्लेख गरीएको छ ।