प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै ।

कालिकोट । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन । साथै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने पनि कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।