कालिकोट । समाजवादी मोर्चाले देशका सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ । सचिवालयका अनुसार बैठकले देशभर भित्ते लेखन, व्यानर राख्ने, काठमाडौँमा बृहत्त अन्तरक्रिया गर्ने, मोर्चाको मुखपत्र निकाल्ने लगायतका कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि भोली नेकपाको कार्यालय बुद्धनगरमा सचिवालयको बैठक बोलाएको समेत जनाइएको छ ।