सिरहा र धनुषा जोड्ने देशकै लामो झोलुंगे पुल प्रधानमन्त्री प्रचण्डद्धारा उद्घाटन

कालिकोट । सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । सिराहा नगरपालिका वडा नं १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण भएको पुलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । १ हजार ५ सय दशमलव ४४ मिटर लम्बाइ र १.२ मिटर चौडाइ रहेको यो नेपालकै सबैभन्दा लामो पुल भएको बताइएको छ । संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले यो निर्माणको ठेक्का लिएको थियो । २०७९ असोज १ देखि निर्माण सुरु गरिएको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएकोे हो । पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३,८८६ पदयात्री) छ । पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न सहज भएको छ भने त्यहाँ नागरीकहरु पनि अत्यन्तै खुसी भएका छन ।

error: Content is protected !!