कालीकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकामा निमार्ण गरीएको सुनथराली विमानस्थलको फागुन १४ गते उद्घाटन हुने भएको छ । करीव ३८ वर्ष अगाडी देखि निर्माणाधीन अवस्थामा रहेको जिल्लाकै एक मात्र सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण पूरा भएको थियो । निर्माण पूरा भईसके पछि यस अघि तिन पटक सम्म उद्घाटन हुने मिति तोकीएता पनि कारणवस त्यो सफल हुन सकेको थिएन । उक्त विमानस्थलको फागुन १४ गते आईतवार नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराति लगाएतका मन्त्रीहरुद्वारा विमानस्थल उद्घाटन हुने नरहरिनाथ गाउँपालिकाका प्रबक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदिप बोहोराले बताउनु भएको छ । गएको फागुन ८ गतेको लागी उद्घाटन हुने भनिएता पनि मौसम खरावीका कारण ११ गतेको लागी तय भएको प्रबक्ता बोहोराले जानकारी दिनु भएको छ । यसका लागि नागरिक उड्डयन प्राधिकरणले नरहरिनाथ गाउँपालिकाको कार्यालयलाई सूचना पठाइसकेको बताइएको छ ।