कर्णाली राजमार्ग अन्तरगत कालिकोटको गल्लीमा ट्रक दुर्घटना ।

कालिकोट । कर्णाली राजमार्ग अन्तरगत जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ४ मालवाहक ट्रक दुर्घटना भएको छ ।

शुक्रवार नेपालगंज वाट खाद्यान्नको सामान लगेर तिलागुफा नगरपालिकाको फोईमहादेव जाँदै गरेको कर्णाली प्रदेस ०२००१ क ०२०५ नम्वरको ट्रक दिउसो करीव ४ः३० वजे दुर्घटना भएको स्थानिय दुर्ग प्रसाद अधिकारीले बताएका छन् ।

ट्रक सडकवाट दस मिटर मात्र तल गएको छ । दुर्घटनामा मानविय क्षति केही नभएको तथा खाद्यान्नको सामानमा भने केही मात्रामा क्षति पुगेको बताईएको छ ।

सो क्षेत्रमा हाल सडक निर्माणको काम भईरहेकाले रोडमा माटो भरीएको हुदाँ दुर्घटना भएको स्थानिय वासी अधिकारीले जानकारी दिएका छन् ।