रास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रम सम्पन्न, १३८ जनाले सेवा पाए

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाको नियमित कार्यक्रम अन्तरगर मेयर हेल्थ केयर कार्यक्रम सम्पन्न भएको छ । “भरोसा होस नगर माथि गाउँघरमा स्वास्थ्यकर्मी साथी” भन्ने मुलनाराका साथ बिहिवार वडा नं ९ को स्वास्थ्य चौकी फुकोटमा नगर सरकारका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष धन बहादुर धामी को अध्यक्षता, नगर प्रमुख धर्मराज शाही पोषणको प्रमुख आथित्यता तथा स्वास्थ्य कर्मीहरुको उपस्थितिमा हेल्थ केयर कार्यक्रम सञ्चालन गरीएको पत्रकार टिकाराज उपाध्यायले बताएका छन् । घर-घरमा एकीकृत सेवा दिने नीति तथा कार्यक्रम अनुसार वडा नं ९ मा १ सय ७ जना महिला र ३१ जना पुरुष गरी जम्मा १ सय ३८ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको जसमध्ये आयुर्वेद सेवा १ सय ३ जना, भिडियो एक्सरे सेवा २४ जना र सुगर जाँच सेवा ८ जनाले शिविरबाट सेवा लिएका पत्रकार उपाध्यायले जानकारी दिएका छन् । नगरपालिका भित्रका गर्भवती महिलाहरु, जेष्ठ नागरिक लगाएतका अन्य बिरामीहरुको लागि सुगर, प्रेसर परीक्षण जस्ता सेवाहरु घरदैलामै पुगेर निःशुल्क प्रदान गर्ने गरेको नगर प्रमुख शाहिको भनाई रहेको छ ।

error: Content is protected !!