कालिकोट । बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आज दिउँसो डिलासैनी गाउँपालिका १ को घरटा देखि धाउलातर्फ गइरहेको जादै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा डिलासैनी गाउँपालिका वडा नं १ को धौला बस्ने ५० वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ६ जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १७ जना सवार रहेका बताईएको छ । जिप चालक डिलासैनी गाउँपालिका वडा नं ६ बस्ने २२ वर्षीय धनबहादुर कठायत फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।