सेरी-पान्तडी सडकखण्ड अन्तर्गत भर्तागाड खोलामा पक्की पुलको शिलान्यास

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष गोबिन्द्र प्रसाद आचार्य अनिल, द्धारा गाउँपालिकाको वडा नं २ र ४ को बिचमा पर्ने सेरी पान्तडी सडक खण्ड अन्तरगत भर्तागाड खोलामा पक्की पुलको सिलान्यास गर्नु भएको छ ।

आईतवार एक कार्यक्रमका विच अध्यक्ष आचार्यले पक्की पुलको सिलान्यास गर्नु भएको हो । सिलान्यास कार्यक्रममा वडा नं ४ का अध्यक्ष प्रदीप प्रसाद चौलागाई, स्थानिय बासी लगाएतको उपस्थिति रहेको थियो । २ बर्ष भित्रमा निमार्ण हुने सो पुल निर्माण भएपछी सेरी पान्तडी सडक खण्डको साथै गाउँपालिकाको केन्द्रमा पुग्ने सवारी साधनलाई समेत सहज हुने भएको छ ।

 

पुल निर्माण भएपछी पालिकाको ५ वटा वडाका नागरीकहरुलाई सहज हुने भयको छ । ४ करोड २५ लाख कुल लागत रहेको सो पक्की पुल निर्माणको जिम्मा तामाकोसी डाईमोण्ड जेभीले पाएको बताईएको छ ।

error: Content is protected !!