राष्ट्रिय प्रसारणलाईनसँग जोडियो महावै गाउँपालिकाको ५ नम्बर वडा

कालिकोट । जिल्लाको महाबै गाउँपालिकामा वडा नं ५ मा राष्ट्रिय प्रसारण लाईन जोडीएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवाल, नेपाल विद्युत प्राधिकरणका ईन्जीनियर बिमल शाह, जनप्रतिनिधिहरु, सरकार वाला ब्यक्ती,स्थानिय बासीहरुको लगाएतको उपस्थितिमा सोमवार राष्ट्रिय प्रसारण लाईन जोडीएको वडा अध्यक्ष शिवराज जैशी(रविकिरण)ले बताउनु भएको छ ।

गाउँमा राष्ट्रिय प्रसारण लाईन जडान गर्न वडा अध्यक्ष जैशी आफै निरन्तर काममा खटीनु भएको थियो । उहाँले जनताका घरहरु उज्यालो बनाउने उद्देश्यले जनता संगै विद्युत पोलहरु बोक्ने कार्यमा समेत दिन प्रतिदिन लाग्नु भएको थियो ।

यसरी छोटो समयमै जनताको घर घरमा राष्ट्रिय प्रसारण लाईन पुगाउन सफल हुदा आफु खुसी भएको वडा अध्यक्ष जैशी बताउनु हुन्छ । साथै गाउँ राष्ट्रिय प्रसारण लाईन जोडीएर घरहरुमा उज्यालो हुने भएपछी गाउँलेहरु पनी अत्यन्तै खुसी भएका छन ।