कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा पालिका स्तरिय वाल संजालको पुनर्गठन गरिएको छ ।
सोमवार संजालकी निवर्तमान अध्यक्ष एमुना बोहोराको सभाअध्यक्षता, गाउँपालिकाका अध्यक्ष गोबिन्द प्रसाद आचार्य (अनिल),को प्रमुख आतिथ्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर शाही, महिला,वालवालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख अमृता अधिकारी, वालकल्याण अधिकारी रन्जीता वली, किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डे, जनप्रतिनिधि गाउँपालिकाको वडा नं १ देखी ८ सम्मका वालवालिकाहरुको उपस्थितिमा आयोजित एक कार्यक्रमका विच वाल संजालको पुनरगठन गरीएको हो ।
कार्यक्रम गाउँपालिको महीला तथा वालवालिका शाखाको आयोजना तथा सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालिकोटको समन्वयमा सञ्चालन गरीएको वालकल्याण अधिकारी वलीले बताउनु भएको छ । उक्त कार्यक्रमबाट २१ सदस्यीय पालिका स्तरीय वालसंजालको पुनरगठन गरीएको छ जसमा अध्यक्ष बिनोद आचार्य, उपाध्यक्ष प्रकाश विश्वकर्मा, कोषाअध्यक्ष विन्दु महतारा, सचिव धर्मा शाही सह सचिव कमल सुनार लगाएतका अन्य सदस्यहरु रहेका छन ।
समाजमा विद्यमान अवसस्थामा हुने रहेका वालविवाह, वाल हंसा, वाल श्रम, छुवाछुत, छाउपडी प्रथा लगाएतका सामाजिक कुरीतीे अत्य गर्नको लागी पछील्लो समय वालसंजालहरुले महत्वपुर्ण भुमीका खेल्दै आईरहेका छन ।
अन्तमा नवनिर्वाचित अध्यक्ष आचार्यले छिट्टै शुभकालिकालाई बाहविवाह मुक्त गाउँपालिका घोषणा गर्न आफुहरुलागी पर्ने बताएका छन ।