खोप अभियानका लागि अभिमुखीकरण कार्यक्रम

कालिकोट । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा खोप सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले आउदो फागुन १३ देखि १९ गतेसम्म जिल्लाभर सञ्चालन हुने दादुरा, रुबेला विरुद्धको खोप अभियानलाई मध्यनजर गर्दै जिल्ला खोप समन्वय समिति, संचारकर्मी र सरकारवालाहरुको लागी अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रम जिल्ला खोप समन्वय समिति सह संयोजन तथा जिल्ला समन्वय समिति उप प्रमुख मिना रावत९वि।क० को सभाअध्यक्षता, साथै प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, खाँडाचक्त नगरपालिकाका कार्यवहाक मेयर नन्द बहादुर मल्ल,जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी ईस्पेक्टर पोषण थापा, गुल्मपती, ससस्त्र प्रहरी वल नेपाल कालिकोटका प्रहरी नायव उपरिक्षक, शम्सेर गुल्म कालिकोटका गुल्मपति, नेपाल रेडक्रस सोसाईटी, उद्योग वाणीज्य संघका प्रतिनिधि,पत्रकारहरु, स्वास्थ्य सेवा कार्यालय कालिकोटका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

उक्त अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले राष्ट्रिय खोप कार्यक्रमको भावी योजना, दादुरा र रुबेला निवारणकोलागी रणनितीक योजना, दादुरा रुबेला खोप अभियानको औचित्य लगाएत थुप्रै विषयमा प्रशिक्षण दिनु भएको थियो भने डा.चन्दा शाहले ए.ई.एफ.आई र ब्यवस्थालन साथै खोप लगाई सकेपछी देखा पर्ने समस्याहरु, दादुरा रुबेला खोपको अभावमा लाग्ने रोगहरुको वारेमा प्रकाश पार्नु भएको थियो ।

error: Content is protected !!