१५ फागुनभित्र मन्त्रालयहरूसँग नीति तथा कार्यक्रमको प्रस्ताव माग ।

कालिकोट । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरुलाई १५ फागुनभित्र क्षेत्रगत नीति तथा कार्यक्रमको मस्यौदा प्रस्ताव तयार पारेर पठाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ । हिजो बसेको सचिव बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रममा राख्नुपर्ने विषयहरुको प्रस्ताव पठाउन निर्देशन दिएका हुन् । सचिव बैठकले पनि सोही निर्णय गरेर सचिवहरुलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले प्रस्तावित १६औं योजनाको प्राथमिकता र रणनीति एवम् स्रोत साधनको उपलब्धता समेतका आधारमा प्रदेश तहसँग समेत समन्वय कायम हुने गरी नीति तथ कार्यक्रम मस्यौदा गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

error: Content is protected !!