गणतन्त्रमा प्रजातन्त्रको बढी व्याख्या हुनु गलत ,पुर्व मन्त्री शाही

कालिकोट । जिल्लामा प्रजातन्त्र दिवस समारोह समिति कालिकोट द्धारा आयोजित ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले संघीय लोकतान्त्रीक गणतन्त्रको देसमा संघीयताको व्याख्या अझै पनि हुन नसकेकोमा बताउनु भयो । साथै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्री भइरहँदा जनक्रान्तीको माध्यमवाट संघिय लोकतान्त्रीक गणतन्त्र प्राप्त हुदाँ समेत प्रजातन्त्रलाई हाईलाईट गरीनु गलत भएको धारणा राख्नु भयो ।

यसो भई रहँदा कता कता आफुलाई दिल्ली सम्झौताको झल्को आएको र यसो हुदै गर्दा जनआन्दोलबाट प्राप्त उपलब्धिहरुको रक्षा नहुने ब्याख्या गर्नु भयो । उक्त कार्यक्रम जिल्ला समन्वय समिति उप प्रमुख मिना रावत९वि।क०को अध्यक्षता साथै जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी, शिक्षक, विद्यार्थी लगाएतको उपस्थितिमा भव्यरुपमा मनाईएको छ । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत भएका थिय । कार्यक्रममा शुभकामना दिदै सम्पुर्ण राजनितिक दलका नेताहरुले देशमा सुशासन कायम भए मात्रै प्रजातन्त्रको अनुभुती हुने धारणा राखेका थिए । कतिपय बक्ताहरुले प्रजातन्त्रको जगमा टेकेर देशका थुप्रै परिवर्तन भएको बताएका थिय ।

फागुन ७ गतेलाई, नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्दै लोकतन्त्रको प्रक्रियामा अघि बढेको ऐतिहासिक दिनका रुपमा लिने गरीएको छ । दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ

error: Content is protected !!