कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले राष्ट्रिय वाणीज्य बैंक रास्कोट शाखाको सहयोगमा ६८ वर्ष भन्दा माथीका वृद्ध वृद्धाहरुलाई घर घरमै पुगेर खाता खोल्ने र भत्ता वितरण गरीएको पत्रकार टिकाराज उपाध्यायले बताएका छन । भत्ता वितरण गर्न नगर प्रमुख धर्मराज शाही पोषण आफै जनताको घर घरमा पुग्ने गर्नु भएको छ । भत्ता वितरण कार्यक्रम अन्र्तगत आज वडा नं १ मा ४६ जना र वडा नं २ मा १८ जना गरी जम्मा ६४ जनाले सेवा प्राप्त गरेका पत्रकार उपाध्यायले जानकारी दिएका छन । सो कार्यलाई विदा र सनिवारको दिन पारेर अन्य वडाहरुमा पनि निरन्तरता दिदै जाने बताईएको छ ।