टिपर दुर्घटनामा दुई जनाको मृत्यु ।।

काठमाडौं । पाल्पाको हात्तीलुङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।रुपन्देहीको खैरेनीबाट पाल्पाको माथागढी गाउँपालिका ५ धामिगास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर सोमबार बिहान आर्थोकघाटमा दुर्घटनामा परेको हो।दुर्घटनामा टिपरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षका प्रदीप कुमाल र सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
थाहा खबर बाट साभार

error: Content is protected !!