प्रजातन्त्र दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम ।

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको छ । आज नगर प्रमुख धर्मराज शाही पोषण निमित्त प्रमुख प्रसाशकीय अधिकृत खेमराज शाही, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष दयाराम सिम्खाडा, नगरपालिका भित्रका सम्पुर्ण शाखाका प्रमुख तथा कर्मचारी, पत्रकार टिकाराज उपाध्याय लगाएतको उपस्थितिमा बृक्षारोपण गरीएको बताईएको छ । बृक्षारोपणको लागी जिल्ला वन कार्यालय कालिकोटले ओखार र देवदार गरी करीव १४ सय विरुवा नगरपालिकाका लाई उपलब्ध गराएको छ । बृक्षारोपण कार्यक्रमको पहीलो दिन आईतवार नगरपालिका परीसरमा विरुवाहरु रोपीएको पत्रकार उपाध्यायले बताएका छन । उनका अनुसार नगरपालिका भित्र रहेका ४ वटा माध्यामिक विद्यालयमा पनी बृक्षारोपण गरीने जानकारी दिएका छन । वातावरण सफा र स्वच्छ बनाउनको लागि बृक्षारोपणनै सबैभन्दा महत्वपुर्ण भएकोले नगरपालिकालाई हराभरा बनाउने उद्देश्येले बृक्षारोपण गर्न लागीएको बताईएको छ