समाजवादी मोर्चाको बैठक बालुवाटारमा बस्दै ।

कालिकोट आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजेपछि बस्नेगरी बैठक तय भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ । बैठकमा समाजवादी मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको बारेमा समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको खतिवडाले बताउनु भयो । बैठकमा सरकारले गरेका काम कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्। मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नु भएको छ ।